१३ असार २०८३, शनिबार | June 28, 2026

ओलीलाई दुवै पदबाट हटाउन नहुने वामदेव गौतमको नयाँ प्रस्ताव, प्रचण्ड–नेपाल समुह तनाबमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र चर्किएको सत्ता संघर्षका उत्कर्षतिर अघि बढ्दै जाँदा कतिपय नेताहरुले कित्ताकाँट गर्न सुरु गरेका छन् ।

नेकपाको सचिवालय र स्थायी कमिटीमा अहिलेसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बहुमत रहेको मानिँदै आएको छ । तर ९ सदस्यीय सचिवालयमा निर्णायक जस्तो भूमिकामा रहेका उपाध्यक्ष वामदेव गौतमले मंगलबार नयाँ प्रस्ताव सार्वजनिक गर्दै सबैलाई चक्मा खुवाइदिएका छन् ।

उपाध्यक्ष गौतमले प्रष्टसँग अध्यक्ष ओलीसँग निकटता देखाउँदै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन । गौतमले अहिले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन नहुने जिकिर गरेका छन् ।

गौतमले आगामी एकता महाधिवेशनसम्म ओली अध्यक्ष नै रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याएका हुन्। ओलीलाई अनुकुल हुनेगरी वामदेवको प्रस्ताव आएपछि प्रचण्ड-नेपाल समुह भने आश्चर्यमा परेको छ ।

पार्टीमा विग्रह रोक्नका लागि गौतमले राखेको ६ वटा प्रस्तावमा प्रचण्डलाई एकता महाधिवेशनसम्म सबै कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने रहेको छ ।

नेपाली वामदेवको प्रस्ताव पार्टीलाई जोगाउनसक्ने मध्यमार्गी प्रस्ताव रहेको केही नेताले बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १ : ०९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट