४ पुस २०८२, शुक्रबार | December 20, 2025

ओलीलाई दुवै पदबाट हटाउन नहुने वामदेव गौतमको नयाँ प्रस्ताव, प्रचण्ड–नेपाल समुह तनाबमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र चर्किएको सत्ता संघर्षका उत्कर्षतिर अघि बढ्दै जाँदा कतिपय नेताहरुले कित्ताकाँट गर्न सुरु गरेका छन् ।

नेकपाको सचिवालय र स्थायी कमिटीमा अहिलेसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बहुमत रहेको मानिँदै आएको छ । तर ९ सदस्यीय सचिवालयमा निर्णायक जस्तो भूमिकामा रहेका उपाध्यक्ष वामदेव गौतमले मंगलबार नयाँ प्रस्ताव सार्वजनिक गर्दै सबैलाई चक्मा खुवाइदिएका छन् ।

उपाध्यक्ष गौतमले प्रष्टसँग अध्यक्ष ओलीसँग निकटता देखाउँदै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन । गौतमले अहिले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन नहुने जिकिर गरेका छन् ।

गौतमले आगामी एकता महाधिवेशनसम्म ओली अध्यक्ष नै रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याएका हुन्। ओलीलाई अनुकुल हुनेगरी वामदेवको प्रस्ताव आएपछि प्रचण्ड-नेपाल समुह भने आश्चर्यमा परेको छ ।

पार्टीमा विग्रह रोक्नका लागि गौतमले राखेको ६ वटा प्रस्तावमा प्रचण्डलाई एकता महाधिवेशनसम्म सबै कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने रहेको छ ।

नेपाली वामदेवको प्रस्ताव पार्टीलाई जोगाउनसक्ने मध्यमार्गी प्रस्ताव रहेको केही नेताले बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको