१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

रोनाल्डोको युरोपियन गोल्डेन बुट जित्ने सपनामा गम्भीर धक्का



एजेन्सी । युरोपका शीर्ष लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने क्रिष्टियानो रोनाल्डोको सपनामा गम्भीर धक्का लागेको छ ।

इटालियन सिरी ए फुलटबल अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । अवे मैदानमा भएको खेलमा उपाधि विजेता युभेन्टर काग्लिएरीसँग २–० ले पराजित यो । उपाधि पक्का गरेपछिको खेलमा युभेन्टस पराजित भएको हो ।

घरेलु टोली काग्लिएरीका लागि लुका गाग्लिएनोले आठौँ तथा जिओभानी सिमेओनीले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफमा पनि युभेन्टसले गोल गर्न सकेन । यो सिजन लिगमा ३१ गोल गरिसकेका रोनाल्डोका लागि बुधबार रातिको खेल भने निराशाजनक रह्यो ।

युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका रोनाल्डो लाजिओका स्ट्राइर चिरो इमोबिलेसँग प्रतिस्पर्धामा छन् । रोनाल्डो चिरो भन्दा चार गोलले पछि रहेका छन् । चिरोले लिगमा सिजनको ३५ औँ गोल बुधबार राति लाजिओले ब्रेसियालाई २–० ले पराजित गर्ने क्रममा गरेका हुन् ।

सिरी ए फुटबलको यो सिजनको एक मात्र खेल बाँकी हुँदा चिरो युरोपका प्रमुख लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा रहने एक मात्र खेलाडी हुन् । उनले बुण्डेस लिगाको यो सिजनमा ३४ गोल गरेका रोर्बट लेवान्डोस्कीलाई पछि पारेका छन् ।

यस्तै चिरो सिरी ए को एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पर्नबाट एक गोल मात्रै पछि छन् । सन् २०१५–१६ को सिजनमा गोन्जालो हेगुइनले नापोलीका लागि ३६ गोल गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : २७ बजे

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई