४ पुस २०८२, शुक्रबार | December 19, 2025

रोनाल्डोको युरोपियन गोल्डेन बुट जित्ने सपनामा गम्भीर धक्का



एजेन्सी । युरोपका शीर्ष लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने क्रिष्टियानो रोनाल्डोको सपनामा गम्भीर धक्का लागेको छ ।

इटालियन सिरी ए फुलटबल अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । अवे मैदानमा भएको खेलमा उपाधि विजेता युभेन्टर काग्लिएरीसँग २–० ले पराजित यो । उपाधि पक्का गरेपछिको खेलमा युभेन्टस पराजित भएको हो ।

घरेलु टोली काग्लिएरीका लागि लुका गाग्लिएनोले आठौँ तथा जिओभानी सिमेओनीले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफमा पनि युभेन्टसले गोल गर्न सकेन । यो सिजन लिगमा ३१ गोल गरिसकेका रोनाल्डोका लागि बुधबार रातिको खेल भने निराशाजनक रह्यो ।

युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका रोनाल्डो लाजिओका स्ट्राइर चिरो इमोबिलेसँग प्रतिस्पर्धामा छन् । रोनाल्डो चिरो भन्दा चार गोलले पछि रहेका छन् । चिरोले लिगमा सिजनको ३५ औँ गोल बुधबार राति लाजिओले ब्रेसियालाई २–० ले पराजित गर्ने क्रममा गरेका हुन् ।

सिरी ए फुटबलको यो सिजनको एक मात्र खेल बाँकी हुँदा चिरो युरोपका प्रमुख लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा रहने एक मात्र खेलाडी हुन् । उनले बुण्डेस लिगाको यो सिजनमा ३४ गोल गरेका रोर्बट लेवान्डोस्कीलाई पछि पारेका छन् ।

यस्तै चिरो सिरी ए को एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पर्नबाट एक गोल मात्रै पछि छन् । सन् २०१५–१६ को सिजनमा गोन्जालो हेगुइनले नापोलीका लागि ३६ गोल गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको