२४ भदौ २०८३, बुधबार | September 9, 2026

कोपा ईटालियाको उपाधि युभेन्ट्सले जित्यो



काठमाडौं । युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एटलान्टालाई २-१ ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हासिल गरेको हो ।

खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिएको थियो । तर, एटलान्टाका रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ७३ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई उपाधि दिलाए । खेलको ८८ औं मिनेटमा राफेल टोलोइले रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा समेटिएको थियो ।

युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । युभेन्टसले सन् २०१८ पछि पहिलो पटक यस उपाधि जितेको हो । प्रतियोगितामा करिब साढे ४ हजार दर्शकलाई उपस्थित गराइएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ५५ बजे

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि