१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कैदीबन्दीहरुका लागि फुटवल खेल हुँदै



काठमाडौं । सेल्टर नेपालले केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल खेल आयोजना गर्ने भएको छ । सेल्टर नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै संस्थाले कैदीबन्दीहरुका लागि ‘प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ खेल संचालन हुने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा सेल्टरले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा फुटवल कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग साथै उनीहरुमा आत्मविश्वास जगाउने उदेश्यले कार्यक्रम गर्न लागेको सेल्टर आश्रय नेपालका अध्यक्ष खुश्बु ओलीले जानकारी दिईन् ।

आयोजकका अनुसार यस कार्यक्रम आगामी जुन ५ देखि सुरु हुनेछ । यो एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । यो कार्यक्रमबाट एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ ।

पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्नेछ । प्रशिक्षकलाई डी लाईसेन्स, रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ । रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट गरिने बताईएको छ ।

यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ । दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ ।

जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन लागिएको हो।सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन लागिएको बताइन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ५९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्