१३ आश्विन २०८०, शनिबार | September 30, 2023

वीरगन्ज महानगरका मेयर विजय सरावगीलाई कोरोना संक्रमण



काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण भएको छ ।

मेयर सरावगीले आफुलाई कोरोना लागेको फेसबुकमार्फत जानकारी गराएका छन् ।

बिहीबार साँझ फेसबुकमा लाम‍ो स्टाटस लेख्दै सरावगीले वीरगन्जवासीको सेवामा लाग्दालाग्दै आफैलाई कोरोनाले आक्रमण गरेको बताएका छन् ।

सरावगीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै छिटै कोरोनामाथि वियज प्राप्त गर्ने उल्लेख गरेका छन् । हाल उनी होम क्वारेन्टिनमा रहेका छन् ।

 

मेयर सरावगीको स्टाटस

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।
विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे । संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जिवन रक्षाको लागि अथक प्रयत्न गरे ।

वीरगंजलाई वचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरे । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाए । वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।

पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त वनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु । अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाई दिदी वहिनीको जिवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गर्दछु । साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई दिदी वहिनीमा अपिल गर्दछु कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ९ : ४९ बजे

नेपालको धारणा प्रति चिनियाँ राष्ट्रपतिको पूर्ण समर्थन रहेको प्रधानमन्त्री प्रचण्डको दाबी (विज्ञप्तिकोपूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय

बिमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्

धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको