६ श्रावण २०८३, बुधबार | July 22, 2026

गुल्मीको सरकारी कार्यालयमा प्रशासनको छड्के, बिदा स्विकृत नगरि घर बस्ने देखि कार्यालय पोशाक र परिचयपत्र बिना कार्यालयमा भेटिए कर्मचारी



तम्घास । आम नागरिकलाई नियमन गर्ने गुल्मीका निजामति सेवामा कर्मचारी आफै नियमनमा नबस्ने गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा सरकारी कार्यालयहरुको अनुगमन गर्ने क्रममा अधिकांस सरकारी कार्यालयका कर्मचारीहरु न्युनतम निजामती कर्मचारीले पालना गर्नुपर्ने नियम पालना नगरेको पाईएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई दिन सम्म गरेको छड्के निरीक्षणका क्रममा जिल्ला सदरमुकाम तम्घासका सरकारी कार्यालयका ३४ जना कर्मचारीहरुले कार्यालयको पोशाक नलगाएको, २ वटा कार्यालयमा उजुरी पेटिका नभएको, २ जना कर्मचारी बिदा स्वीकृत नगराई बिदामा बसेको, २ जना कर्मचारी समयमा कार्यालयमा उपस्थित नभएको, २२ जना कर्मचारीले कार्यालयमा आई हाजिर नगरेको पाईएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सदरमुकाम तम्घास स्थित ३ वटा कार्यालयको बेरुजु फर्छौट नभएको समेत अनुगमनमा पाईएको थियो । त्यस्तै कार्यालयमा अधिकांश कर्मचारीहरुले परिचय पत्र नलगाएको देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबार्ट छड्के सुरु गरेको टोलिले जिल्ला प्रशासनकै कर्मचारीहरु हाजिरी नगरि काम गरेको फेला पारेको थियो ।

पोशाक र परिचय पत्र नलगाएका कर्मचारीहरुको लागि पहिलो पटक कार्यालय प्रमुख र कर्मचारीलाई नै सचेत बनाईएको छ । दोस्रो चरणको अनुगमनमा पनि त्यस्ता कर्मचारी फेला परेमा कारबाही गरिने गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । नागरिकले सुशासनको अनुभुति गरे नगरेको, सेवा प्रवाह सरल र सहज भए नभएको र कर्मचारी आफैमा अनुशासनमा रहे नरहेको बिषयमा जानकारी लिन छड्के अनुगमन गरिएको प्रजिअ शर्माले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीको नेतृत्वमा खटिएको टोलीले सदरमुकाम तम्घासमा रहेका विभिन्न २१ वटा सरकारी कार्यालयहरुको अनुगमन गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १० : ३८ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना