२५ असार २०८३, बिहिबार | July 10, 2026

नेपालगन्जमा अदालत भित्र पनि कोरोनाको प्रवेश, अत्यावश्यक बाहेकका काम बन्द



नेपालगञ्ज । बाँके जिल्ला अदालतका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै जिल्ला अदालतले अत्यावश्यक सेवा बाहेकका कामहरु अर्को सुचना नआउँदा सम्मका लागि बन्द गरेको छ । अदालतका कर्मचारी र उनका एकजना नातेदारलाई पनि आजै कोरोना पुष्टि भएको छ ।

अदालतका कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला तथा उच्च अदालतको आकस्मिक बैठकले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । कर्मचारी र उनका नातेदारमा संक्रमण पुष्टि भएसँगै अन्यमा पनि जोखिम देखिएकाले काम रोक्ने निर्णय भएको उच्च आलतबारका पूर्व अध्यक्ष बलबहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार, शुक्रबारदेखि अन्तिम म्याद भएका थुनछेक, म्याद थप, कलडिटेल, अति जरुरी पक्राउ पूर्जीबाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले साउन १८, १९ र २० गते निषेधाज्ञा जारी गरिएकाले सो समयमा अदालत बन्द रहनेछ ।

कर्मचारी र उनका सम्पर्कमा आएका ब्यक्तिहरुको कोरोना परीक्षणको रिपोर्ट नआउँदा सम्म काम गर्ने वाताबरण नदेखिएको दुबै अदालत बारले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : ३६ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट