४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जमा अदालत भित्र पनि कोरोनाको प्रवेश, अत्यावश्यक बाहेकका काम बन्द



नेपालगञ्ज । बाँके जिल्ला अदालतका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै जिल्ला अदालतले अत्यावश्यक सेवा बाहेकका कामहरु अर्को सुचना नआउँदा सम्मका लागि बन्द गरेको छ । अदालतका कर्मचारी र उनका एकजना नातेदारलाई पनि आजै कोरोना पुष्टि भएको छ ।

अदालतका कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला तथा उच्च अदालतको आकस्मिक बैठकले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । कर्मचारी र उनका नातेदारमा संक्रमण पुष्टि भएसँगै अन्यमा पनि जोखिम देखिएकाले काम रोक्ने निर्णय भएको उच्च आलतबारका पूर्व अध्यक्ष बलबहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार, शुक्रबारदेखि अन्तिम म्याद भएका थुनछेक, म्याद थप, कलडिटेल, अति जरुरी पक्राउ पूर्जीबाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले साउन १८, १९ र २० गते निषेधाज्ञा जारी गरिएकाले सो समयमा अदालत बन्द रहनेछ ।

कर्मचारी र उनका सम्पर्कमा आएका ब्यक्तिहरुको कोरोना परीक्षणको रिपोर्ट नआउँदा सम्म काम गर्ने वाताबरण नदेखिएको दुबै अदालत बारले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको