२५ भदौ २०८१, मंगलबार | September 11, 2024

कोरोना मृत्युको ‘इपिसेन्टर’ बन्दै वीरगन्ज, फेरि अर्का एक जनाको मृत्यु



वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या वीरगन्जमा निरन्तर बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा वीरगन्ज महानगर क्षेत्र कोरोना मृत्युको इपिसेन्टर बनेको छ ।

गएराति वीरगन्जमा अर्का एक जना व्यक्तिको मृत्यु भएको छ । वीरगन्ज ११ श्रीपुर बस्ने भारत घर भएका ५६ वर्षीय पुरुषको गएराति उपचारकै क्रममा मृत्यु भएको हो ।

जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ती पुरुष मुटुका रोगी थिए । कोरोना लागेपछि गम्भीर अवस्थामा रहेका उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायाले बताए ।

उनको गत साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ७ गते नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उनको उपचार भैरहेको थियो ।

मुटुको बाइपास सर्जरी गरेका तीन पुरुषलाई बिहीबार दिउँसोदेखि अक्सिजन कम हुँदै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । तर, उपचारकै क्रममा राति ११ बजे मृत्यु भयो ।

कोरोना संक्रमणका कारण बिहीबार मात्रै पर्सामा दुई जनाको मृत्यु भएको थियो । यसअघि समेत ६ जनाको मृत्यु भैसकेको छ । यससँगै पर्सामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ५४ बजे

प्रहरीले हस्तक्षप गरेर निषेधित क्षेत्रबाट हटाईएका पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु

मोरङ । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन

मुलुकको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा गर्नु सेनाको प्रमुख कार्यः प्रधानसेनापति सिग्देल

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैधरुपमा

ब्लु क्रस हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

काठमाडौ । काठमाडौको,त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल र प्रभु बैंकबीच