२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

कोरोना मृत्युको ‘इपिसेन्टर’ बन्दै वीरगन्ज, फेरि अर्का एक जनाको मृत्यु



वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या वीरगन्जमा निरन्तर बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा वीरगन्ज महानगर क्षेत्र कोरोना मृत्युको इपिसेन्टर बनेको छ ।

गएराति वीरगन्जमा अर्का एक जना व्यक्तिको मृत्यु भएको छ । वीरगन्ज ११ श्रीपुर बस्ने भारत घर भएका ५६ वर्षीय पुरुषको गएराति उपचारकै क्रममा मृत्यु भएको हो ।

जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ती पुरुष मुटुका रोगी थिए । कोरोना लागेपछि गम्भीर अवस्थामा रहेका उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायाले बताए ।

उनको गत साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ७ गते नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उनको उपचार भैरहेको थियो ।

मुटुको बाइपास सर्जरी गरेका तीन पुरुषलाई बिहीबार दिउँसोदेखि अक्सिजन कम हुँदै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । तर, उपचारकै क्रममा राति ११ बजे मृत्यु भयो ।

कोरोना संक्रमणका कारण बिहीबार मात्रै पर्सामा दुई जनाको मृत्यु भएको थियो । यसअघि समेत ६ जनाको मृत्यु भैसकेको छ । यससँगै पर्सामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ५४ बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप