१३ असार २०८३, शनिबार | June 28, 2026

बकर इदको अबसरमा प्रचण्डको आग्रह : नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नुपर्छ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवम् सम्मानको अवस्था नै सांस्कृतिक विविधता भएको बताएका छन् ।

मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रचण्डले नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश भएको र नेपालको संविधानले नै बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका छन् ।

समाजमा विकसित भएका सामाजिक मूल्यमान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन्, “पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।”

नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको तथ्य पेश गर्दै प्रचण्डले जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले सोही पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै सन्देशमा बकर इद पर्वले नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि ल्याउने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ०० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट