१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कैलालीको टीकापुरमा बाढीका कारण सयौं परिवार विस्थापित, विस्थापितलाई खाना र पिउने पानीको अभाव



कैलाली । बाढीका कारण बस्ने घर डुबानमा परेपछि तीन दिनदेखि कैलालीको भजनी–८ को पुरै वडाका नागरिकको सडकमा बास बसिरहेका छन् ।

सडकमा बसिरहेका नागरिकलाई खाना र पानीको अभाव भएको छ । यसरी सडकमा विस्थापित भएका महिला, बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा भजनी ८ मा मात्रै १ हजार १५० परिवार विस्थापित भएर सडक र नदीको तटबन्धमा बसिरहेका छन् ।

बाढीले घर जान सक्ने अवस्था नरहेकोले बुधबार बिहानदेखि हुलाकी सडकमा बसिरहेका र घरमा भएका अन्नपात र सरसामान पनि नष्ट भएको उनीहरुले बताएका छन् ।

हुलाकी सडकको कृष्णनगरदेखि सोनाफाँटासम्मको उच्च स्थानमा बाढी पीडित विस्थापित परिवार बसालिएका छ ।

बाढीले तल्लो तटीय क्षेत्रमा रहेका टीकापुर, भजनी नगरपालिका, जोशीपुर, जानकी, कैलारी गाउँपालिका बढी क्षति भएको छ । वाढीबाट टीकापुरमा नगरपालिकामा ८ सय २५ परिवार, भजनीमा दुई हजार एक सय ८० परिवार, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार, जानकी गाउँपालिकामा एक हजार परिवार डुबानमा परेका छन् ।

बाढी र डुबानमा परेका स्थानीयलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्दार गरेर अग्लो भूभागमा पु-याईएको छ ।

स्थानीय तहले तैयारी खाना र केहि स्थानीयलाई पिउने पानीको ब्यवस्था गरेपनि विस्थापित हुनेको संख्या ठूलो भएकाले स्थानीय तहको खाना र पानी अपर्याप्त भएको पीडितहरुको गुनासो छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : ४४ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई