४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालसँगको सम्बन्धलाई उच्चस्थानमा राखेका छौं : चिनियाँ राष्ट्रपति राष्ट्रपति सी चिङफिङ



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग मिलेर काम गर्न आफ्नो देश इच्छुक रहेको बताएका छन् ।

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा राष्ट्रपति सी ले नेपालका समकक्षी विद्या भण्डारीलाई बधाईसन्देश पठाउँदै नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका हुन् ।

राष्ट्रपति सी ले आफ्नो देश र नेपाल बीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्‍याउन इच्छुक रहेको कुरा सी ले आफ्नो सन्देशमा उल्लेख गरेको सिन्ह्वाले लेखेको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर दुई मुलुकबीचको जनस्तरको ऐतिहासिक अनौपचारिक सम्बन्ध भने सयौं वर्ष पुरानो रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको