१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बुटवलमा कोरोना संक्रमण पुष्टि भएका २ जना बेपत्ता, संक्रमण पुष्टि भए लगत्तै सम्पर्क बिहिनको खोजी हुँदै



बुटवल । बुटवलमा कोरोना संक्रमण पुष्टि भएका २ जना सम्पर्क बाहिर पुगेका छन् । लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा परीक्षणबाट कोरोना पुष्टि भएका उनीहरु पुष्टि भएको जानकारी पाए लगत्तै सम्पर्क बाहिर गएको बताईएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क तिरेर शुक्रबार स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको र पोजिटिभ रिपोर्ट आएको पहिलो सुचना पाएसँगै सम्पर्क बाहिर गएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना टिपाएका उनीहरु सम्पर्क बाहिर गएपछि स्थानीय जनप्रतिनिधि र प्रशासनलाई समेत खोजीका लागि अनुरोध गरिएको डाक्टर गिरीले बताए । अस्पतालमा शुल्क तिरेर पीसीआर परीक्षण गराएका उनीहरुको बिषयमा थप जानकारीका लागि सम्पर्क गर्दा लुम्बिनी प्रादेशीक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमको मोबाईल उठेन ।

परिक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री र उनीहरुको कारण समाजमा अझै जोखिम बढ्ने देखिएको छ ।
प्रयोशशाला प्रमुख डाक्टर गिरीका अनुसार उनीहरु भारतबाट आएका र पुन भारत जानका लागि पीसीआर परीक्षण गराउन अस्पताल पुगेका थिए । उनीहरुले निर्धारित शुल्क भुक्तानी गरेर पीसीआर परीक्षण गराएका थिए ।

उनीहरुले आफ्नो ठेगाना बुटवल ६ र एनसेलको मोबाईल नम्बर टिपाएका थिए । नतिजा पोजेटिभ आएको भन्ने पहिलो कल रिसीभ गरेपनि त्यस लगत्तै उनीहरुले मोबाईल सम्पर्क नहुने बनाएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : १५ बजे

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

भदौ २३-२४ को जस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस प्रतिवद्ध छ : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान निर्वाचन कुनै दलको