७ आश्विन २०८३, बुधबार | September 23, 2026

विदेशी पर्यटकलाई ३ दिन होल्डिङ सेन्टरमा राखि घुम्न पठाउँ, नत्र नेपाल कोही आउँदैनन् : पर्यटन बोर्ड सीईओ



काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडि बढाउनुपर्ने डा. रेग्मीले बताए ।

१४ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी कुनै पनि पर्यटक नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने रेग्मीको भनाई छ ।

द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिए घुम्न पठाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

चाइनीज टुर अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा उनले भने, ‘द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा बस्न लगाउने, लक्षण नदेखिएमा घुम्न पठाउनुपर्छ । १४ दिन यता १४ दिन आफ्नो देश फर्केर क्वारेन्टिनमा बस्नुपर्ने अवस्थामा कसरी घुम्न आउँछन पर्यटक ?’

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवशरमा चाइनीज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ ।

नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको हो ।

२५ जना सदस्य रहेको एलाएन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने उद्देश्य राखेको छ ।

नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा बिश्वेस श्रेष्ठ रहेका छन् । अन्य बोर्ड सदस्यहरुमा बरुण मेहता, कल्याण राज शर्मा, पुष्करराज पाठक र हरि प्रसाद पराजुली रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई