१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कर्णाली राजमार्ग १ सातादेखि अवरुद्ध



सुर्खेत । अविरल वर्षाका कारण १ सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ ।

कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।

‘कालेखोला, दहीखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ,’ ओलियाले भने, ‘आज पिली सडकको पहिरो हटाउने काम भइरहको छ, भोलिसम्म सडक खुल्छ होला ।’

बाढीपहिरोले सडक बन्द भएपछि ५ दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले जानकारी दिए ।

‘मन्त्रालयले कर्णालीका १० जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुखलाई यही साउन १५/१७ गतेसम्मको वार्षिक प्रगति समीक्षामा बोलाएको थियो,’ कृषि विकास कार्यालयका प्रमुख देवकोटाले भने, ‘साउन १३ गते हिँड्दा १७ गतेसम्म कालीकोट सडकखण्डमा आएको बाढी र पहिरोको अवरोधमा परियो ।’

भेटेरेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षा सहभागी हुनेभन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भएको सुनाए । जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलोपटक ४ दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुःखेसो गरे । राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदरुकता नदिएसम्म यहाँका नागरिकले वर्षेनी यही समस्या भोग्नुपर्ने उनीहरूको भनाइ थियो ।

खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरनोतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटक–पटक दुःख भोग्नुपरेको गुनासो गरे । ४ दिनसम्म सडक अवरुद्धमा पर्दा ७० हजारको तरकारी कुहिएर गएको उनको भनाइ थियो ।

गाडी व्यवसायी भानु देवकोटाले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट मुक्त गर्न कर्णालीवासी कहिले हुने हो ? प्रश्न गरे । मुलुक सङ्घीयतामा गइसकेपछि पनि कर्णालीका नागरिकको दुःख टर्न नसकेको व्यवसायी उनले गुनासो पोखे । रासस

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ३५ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज