१ कार्तिक २०८३, शनिबार | October 17, 2026

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण



नयाँ दिल्ली । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गृहमन्त्री शाहले ट्वटीट गर्दै आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

शाहले डाक्टरहरुको सल्लाहअनुसार आफु अस्पतालमा भर्तीभएको जनाएका छन ।

उनले केही दिनदेखि आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

यसैबीच भारतको उत्तरप्रदेश सरकारका मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

आइतबार बिहान कमला रानीको मृत्यु भएको थियो । उनी १८ जुलाईदेखि कोरोना संक्रमित भएकी थिइन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कमला रानीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सेवामा समर्पित रानीले उत्तरप्रदेशमा भाजपालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको मोदीले बताएका छन् ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख जताएका छन ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ३० बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ