१० आश्विन २०८०, बुधबार | September 27, 2023

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिँदा ८ जना वेपत्ता



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर ८ जना वेपत्ता भएका छन् ।

मेलम्ची नगरपालिका–११ मा गएराति करिब २ बजेतिर गएको पहिरोले पुरिएर ८ जना वेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए ।

३ बजेतिर घटनास्थलमा पुगेको प्रहरीले एक जनालाई प्रहरीले उद्दार गरेको छ । उनको उपचारका लागि स्थानीय प्राथमिक केन्द्रमा पठाइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए ।

वेपत्ता हुनेमा नगरपालिकाको कभर्ड हल निर्माणमा मजदुरहरु रहेका छन् ।

पुरिएका ८ जनालाई अहिलेसम्म पनि पहिरोबाट निकाल्न सकिएको छैन । उनीहरुको खोजीकार्य जारी रहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।

निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ३२ बजे

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई

Namaste Academy Receives Inspection and Praise from Ofsted Education Inspector

Rupandehi, Nepal, September 27, 2023 – In a significant milestone

कुशल र दीपेन्द्रको कीर्तिमानी व्याटिङमा मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी ३१४ रन

काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपाली