४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आज पनि भेट, सहमतिको सकस कायमै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भैरहेको छलफलमा नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई सहभागी गराइएको छ ।

गत साउन १३ गतेको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्डको कुनै छलफल भएको थिएन । तर, आइतबारदेखि दुई नेताहरु पुनः छलफलमा सहभागी भएका हुन् ।

पार्टीभित्रको अन्तरविरोध समाधानका लागि बसेको आइतबारकै बैठकको निरन्तरता आज पनि भएको बालुवाटार स्रोतले बताएको छ ।

छलफलमा ओलीले पार्टीको सचिवालयबाटै विवाद समाधान निकाल्नुपर्ने प्रस्ताव राखेका छन् । प्रचण्डले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनुपर्ने जिकिर गरेका छन् ।

यतिबेला सचिवालयमा ओली बलियो स्थितिमा देखिएका छन् । उपाध्यक्ष वामदेव गौतमको मध्यमार्गी प्रस्ताव र रामबहादुर थापाको मौनताले ओलीलाई सहज अवस्थामा पुर्याएको छ ।

स्थायी कमिटीमा भने ओली अझै पनि अल्पमतमै रहेका छन् । यसकारण, बहुमत अल्पमतको आआफ्नो अंकगणितीय बुझाइका कारण दुई अध्यक्षले पार्टीका दुई अलग अलग निकायबाट समाधानको प्रस्ताव गरेको बुझ्न सकिन्छ ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक १६ गतेपछि तिक्ततापूर्ण बन्न थालेको थियो । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनुपर्ने प्रचण्ड–नेपाल पक्षका नेताहरुबाट माग भएपछि विवाद बल्झिएको थियो ।

ओलीले पार्टी र सरकारमा एकलौटी गरेको भन्दै अर्को समुहबाट निरन्तर आपत्ति प्रकट हुँदै आएको छ । तर, आफुलाई पार्टीबाट कुनै सहयोग नमिलेको भन्दै ओलीले प्रचण्ड नेपाल समुहको माग अस्वीकार गर्दै आएका छन् ।

पार्टी झण्डैझण्डै फुटको अवस्थामा पुगेपछि पार्टी एकतालाई बचाइरहनुपर्छ भन्ने नेताहरु सतहमा आउन थालेपछि दुवै समुह अहिले मध्यमार्गी सहमतिको खोजीमा लागेका छन् ।

पार्टी उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि भन्दै ६ बुँदा अध्यक्षद्वयलाई बुझाइसकेका छन् । पूर्व एमाले र पूर्व माओवादीका कैयौं नेताहरुले पार्टीमा विभाजनकारी सोच विरुद्ध बोल्न थालेपछि भने सहमतिको खोजी हुन थालेको हो ।

अझै पनि एकले अर्कोलाई स्वीकार नगर्ने तर गलाउने रणनीतिमा ओली र प्रचण्ड–नेपाल समुह लागेको देखिन्छ । प्रचण्ड नेपाल समुहमा पनि पूर्व एमालेका धेरै नेताहरुले प्रचण्डलाई स्वीकार गर्न नसकेको अवस्था छ ।

शक्ति सन्तुलनमा सम्वेदनशील अवस्थामा रहेको नेकपामा ओली शिघ्र महाधिवेशन गरेर नेतृत्व सुम्पिन तयार रहेको बताएका छन् भने प्रचण्ड नेपाल समुहले स्थायी कमिटी या केन्द्रीय कमिटीबाटै निस्कर्ष निकाल्नुपर्ने अडानमा रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ११ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको