५ पुस २०८२, शनिबार | December 20, 2025

सामाजिक दूरी कायम गर्न विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिको आग्रह



काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच सामाजिक दूरी कायम गर्न अपील गरेका छन् ।

पछिल्लो समय सरकारले लकडाउन हटाई सके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ ।

संक्रमण कम गर्नका लागि एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ । तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिध भ्याण्डेलरले दुरी कायम गर्न अपील गरेका हुन् ।

खोक्दा अथवा छुदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले आग्रह गरेका हुन् ।

उनले कम्तिमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न ध्यान दिन आग्रह गरे । त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न पनि डब्लुएचओ नेपाल प्रतिनिधि भ्याण्डेलरले सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘मास्कको प्रयोग अर्को सरल उपाय हो । यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ । यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो । हामीले दूरी कायम गर्न सके कसैलाई छुन पर्दैन । यसैले मेरो सबै नेपाली दाजु भाइलाई बिनम्र अनुरोध छ दूरी बढाऊ संक्रमितबाट जोगीऔँ ।’

नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  २ : २१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता