१३ श्रावण २०८३, बुधबार | July 29, 2026

जापानी दूतावास अगाडि ‘नो अब्जेक्सन’ लेटर लिनेको भीड



काठमाडौं । नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड बढेको छ ।

विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै विदामा नेपाल आएकाहरु यतै रोकिएका थिए ।

जापान सरकारले अगस्ट ५ बाट जापानले नेपालीहरुको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटर दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छन ।

नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका रोजगारी गरिरहेका र विदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउनेछन ।

दूतावासले नो अब्जेक्सन लेटर दिएपछि जापान उड्नु भन्दा ७२ घण्टा अगाडि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ ।

उपत्यकासहित देशभरी संक्रमणको जोखिम बढेपनि दूतावासमा सेवा लिन आउनेहरुले मास्क लगाउने बाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  २ : ३५ बजे

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र