४ पुस २०८२, शुक्रबार | December 20, 2025

सप्तरीमा आजदेखि एकहप्ता निषेधाज्ञा जारी



सप्तरी । एक हप्ताको लागि सप्तरी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बढदै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सप्तरी जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

आज बिहान ५ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेकोले थप संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । सप्तरीमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसभन्दा पहिले राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो । आज विहानदेखि लागु हुने निषेधाज्ञा साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराजसहित जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । यस निषेधाज्ञा अवधिमा नेपाल राजपत्रमा तोकिएको अतिआवश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ ।

यसभन्दा पहिले बारा, पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर लगायतका क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ५ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको