२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

जम्मु-काश्मिरको विशेष दर्जा खोसिएको १ वर्ष पुरा, श्रीनगरमा दुई दिने कर्फ्यु



भारत प्रशासित जम्मु–काश्मिरको श्रीनगरमा दुई दिने कर्फ्यु लागेको छ ।

भारतले जम्मू–काश्मिरको विशेष दर्जा समाप्त पारेको पहिलो वर्ष पुगेको समयमा ठूलो विरोध प्रदर्शन हुने आशंकामा श्रीनगरमा कर्फ्यु लागेको हो । ४ र ५ अगष्टका लागि कर्फ्यु लगाइएको भारतीय अधिकारीहरुले बताएका छन् ।

अगलाववादी समुहबाट ५ अगष्टलाई कालो दिवस मनाउने तयारी भएका कारण कर्फ्यु लगाउनुपरेको श्रीनगरका जिल्लाधिकारीबाट जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

गत वर्ष ५ अगष्टमा भारतीय जनता पार्टीको नरेन्द्र मोदी सरकारले जम्मु-काश्मिरलाई विशेष दर्जा दिने संविधानको अनुच्छेद ३७० लाई खारेज गरेको थियो ।

यसका साथै जम्मु-काश्मीरलाई दुई केन्द्रशासित प्रदेशमा विभाजित गरिएको थियो । मोदी सरकारको सो फैसला निकै विवादित बनेको थियो । काश्मीरका मूलधारका राजनीतिक पार्टीहरुसहित देशभरका सबै विपक्षी दलहरुले सो फैसलाको निकै विरोध गरेका थिए ।

भारतको संसदमा विपक्षी राजनीतिक दल र सत्तारुढ वीजेपीका सांसद र मन्त्रीहरुबीच हंगमा भएको थियो ।

जम्मु-काश्मिरको विशेषाधिकार हनन गरेलगत्तै भारत सरकारले त्यहाँको पार्टीका सबै मुख्य नेताहरुलाई नजरबन्दमा राखेको थियो भने लामो समयसम्म कास्मिर क्षेत्रको संचार सेवालाई नियन्त्रण गरिएको थियो ।

भारतीय कदमको विभिन्न अन्तराष्ट्रिय मञ्चबाट समेत आलोचना भएको थियो । संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायोगले जम्मु कास्मिरका जनताको आधारभूत मानवअधिकार हनन भएको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

पाकिस्तानका प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको महासभामै पुगेर जम्मु कास्मिरमा भारतले अपराध गरेको बताएका थिए ।

एमेनेष्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच लगायतका अन्तराष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले पनि जम्मु कास्मिरका जनताको सबैखाले अधिकार हनन गरिएको भन्दै आलोचना गरेका थिए ।

तर, भारत सरकारले भने जम्मु-काश्मिर भारतको आन्तरिक मामिला भएको भन्दै सबै आलोचनालाई अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ०५ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद