१ कार्तिक २०८३, शनिबार | October 17, 2026

गरिमा विकास बैंक देवदह शाखाका एक कर्मचारीमा कोरोना पुष्टि



देवदह । रुपन्देहीको देवदहमा रहेको बैंकका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंकका एक कर्मचारीमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बैकमा कार्यरत उनलाइ केहीदिन अगाडि देखि ज्वरो आएको, खोकी लागेकोले लुम्विनी प्रादेशिक अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण भएको खबर आउने बित्तिकै बैंकलाई सिल गरिएको देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङले बताइन ।

कोरोना भाइरसको संक्रमण देखिएपछि बैंकका सबै कर्मचारीको पिसिआर टेष्ट गरिने गुरुङले बताइन ।

त्यसका लागि अहिले देवदह नगरपालिकाको कार्यपालिकाको बैठक बसिरहेको छ । बैकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : २४ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ