२९ असार २०८२, आइतबार | July 13, 2025

विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्किए



काठमाडौं । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार आवागमन र प्रस्थान दुवै गरी १२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले जापानको नारिताबाट २६४ यात्रु र तीन बच्चा काठमाडौं ल्याएको छ । त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ ।

सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दोहा र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १५३ यात्रु र दोहाबाट १५२ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज दोहा र अबुधाबी उडेको छ ।

त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६५ नेपाली काठमाडौं ल्याएको छ । फलाई दुबईले दुबईबाट १५४ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १५ वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आन्तरिकतर्फ पनि नौ वटा एयरलाइन्सले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका छन् । रासस

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : ३३ बजे

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको

रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिन्छ : महासचिव प‍ोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट

एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्नेहरूको कामना पुरा हुँदैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले