२७ भदौ २०८३, शनिबार | September 13, 2026

लेबनानको राजधानीमा ठूलो विस्फोट, ७० को मृत्यु, ४ हजार बढी घाइते



एजेन्सी । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७० जनाले ज्यान गुमाएका छन भने ४ हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थ विष्फोट हुँदा यो घटना भएको बताइएको छ । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन् । अमोनियम नाइट्रेट विस्फोट हुने रसायन हो । राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन ।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ । यो घटनालगत्तै अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन् । प्रधानमन्त्री हासान डीयाबले यो घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जवाफदेही बनाइनुपर्ने बताएका छन् ।

उनले खतरनाक गोदामू बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ । स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन् ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि यो विस्फोटन भएको हो ।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो । ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ ।

यो घटनाबारे ब्रिटेन र फ्रान्ससहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन् । उनीहरूले लेबनानलाई आवश्यक सहयोग गर्ने बताएका छन् । त्यसअघि लेबनानका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वानसमेत गरेका थिए ।

पछिल्लो समय लेबननमा राजनीतिक अस्थिरता चुलिएको छ । सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक सङ्कट व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : १८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित