५ पुस २०८२, शनिबार | December 20, 2025

फेरि आजदेखि सवारी साधनमा जोरबिजोर प्रणाली



काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि फेरि सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि लागू हुने गरी जोरबिजोर प्रणाली लागू गरिने भएको हो ।

सरकार यसअघि २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो । जोरबिजोर प्रणाली हटाइसँगै भीडभाड बढ्ने क्रम सुरु भएको थियो ।

त्यस्तै, बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाकामा आवागमन निषेध गरेको व्यवस्थालाई थप कडाइ गर्न गृह मन्त्रालयले सुरक्षाकर्मीलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यसैगरी होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ६ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको