२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश २ का मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना पुष्टि, काठमाडौंको कार्यक्रममा सहभागी सबै शंकाको घेरामा



काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यादवलाई कोरोना पुष्टि भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली लगायत संघीय सरकारका गृहमन्त्री लगायत उच्चपदस्थ सरकारी अधिकारीहरु समेत शंकाको घेरामा पुगेका छन् ।

केही दिन अघि यादव गृहमन्त्रालयले आयोजना गरेको प्रहरी समायोजन समन्वय समितिको बैठकमा भाग लिन काठमाडौं आएका थिए ।

त्यस कार्यक्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव, प्रहरी महानिरीक्षक लगायत अन्य उच्चपदस्त सरकारी अधिकारीहरु सहभागी रहेका थिए । यसैले यादवको कन्ट्याक्ट ट्रेसिङको सुई उनीहरुसँग पनि पुग्ने देखिएको छ ।

काठमाडौंबाट प्रदेश फर्किएर पीसीआर परीक्षण गर्दा मन्त्री यादवमा कोरोना पुष्टि भएको हो ।

यादवको अवस्था सामान्य छ । यादवसँगै उनका पीएसओ, अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, जनता समाजवादी पार्टी जसपाका प्रदेश सभाकी एक सदस्यलाई पनि कोरोना पुष्टि भएको छ ।

प्रदेश २ मा अहिलेसम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण कारण प्रदेशमा मात्रै २१ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १० : ५८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका