१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

विराटनगर महानगरपालिकामा मात्रै थपिए थप १३ जना कोरोना संक्रमित



विराटनगर । प्रदेश १ को रोजधानी विराटनगरमा कोरोना भाइरसका थप १३ जना संक्रमित थपिएका छन् ।

बिहीबार बिहान विराटनगर महानगरपालिकाका वडा नं. २, ६, ७, ८, १०, ११, र १३मा कोरोना संक्रमण देखिएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित पुष्टि भएकामध्ये आठ पुरुष र पाँच महिला रहेको महानगरापालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुनेहरुमा विराटनगर ११ का सबैभन्दा बढी ४ जना रहेका छन् ।

यसैगरी वडा नं. १३ का ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नं. ८ का दुई जनामा संक्रमण देखिएको छ ।

यस्तै, वडा नं. २का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर १० का १ जनामा पनि संक्रमण पुष्टि भएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

विराटनगरममा मात्रै अब कोरोना संक्रमित हुनेको संख्या १८३ पुगेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ११ : ३६ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई