६ श्रावण २०८३, बुधबार | July 22, 2026

काठमाडौंमा दश दिनमा ४५० संक्रमित थपिए



काठमाडौं । ‘काठमाडौंमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङको सुरुवातमै यसप्रकारको सन्देश वाचन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ । काठमाडौंमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि मन्त्रालयले यसप्रकारको अपिल गर्नु अनौठो होइन । दैनिक रुपमा थपिँदैगएको सङ्क्रमितको तथ्याङ्कले पनि काठमाडौंमा स्वास्थ्य सतर्कताको अवहेलना जारी रहे अवस्था भयावह हुने देखिन्छ ।

काठमाडौं उपत्यकामा बिहीबार एकैदिन ८७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित अहिलेसम्मकै उच्च हो । स्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डे भन्छन्, ‘स्थिति भयावह हुन नदिन व्यवस्थापनमा जोड दिनुपर्ने बेला हो, स्थानीय तहदेखि निगरानी गर्ने निकायले अबिलम्ब पहलकदमी लिनुपर्छ ।’

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको दरमा वृद्धि हुन गई अत्यन्तै अप्ठ्यारो परिस्थिति आएको बताउँछन् । देशैभरि पछिल्लो दश दिनमा तीन हजार १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका मात्रै ४५० जना छन् । जुन दश दिनमा थपिएका संक्रमित हुन् ।

जुन कुल सङ्क्रमितको १४.९१ प्रतिशत हो । एकदिन अघिसम्म कुल सङ्क्रमितको १३.१९ प्रतिशत रहेको काठमाडौंमा चौबीस घण्टामा सङ्क्रमित हुने करिब एक दशमलब पाँच प्रतिशतले बढेको हो । केही दिनअघि सम्म काठमाडौंको ७२ स्थानमा सङ्क्रमित पुष्टि भएको ‘ट्रेस’ गरिएको थियो ।

हाल एक सय स्थानमा सङ्क्रमित फेला परेका छन् । जनस्वास्थ्य विज्ञ डा पाण्डे भन्छन्, ‘सङ्क्रमित फेला पर्ने स्थान बढ्दै जानुले समुदायमा सङ्क्रमणको जोखिम बढाउँदैछ, जसलाई व्यवस्थापन गर्दै जानु जनस्वास्थ्यका लागि चुनौतीपूर्ण हुँदै जानेछ ।’ उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : १९ बजे

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका