६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना महामारीको संक्रमण दरमा भारतको छलाङ; अमेरिका र ब्राजिललाई पछि पार्दै भारत पहिलो स्थानमा



कोरोना भाइरसको विश्वव्यापी महामारी कायमै छ । छिमेकी भारतमा कोरोनाको संक्रमण दर अत्याधिक बढिरहेको छ ।

पछिल्लो २० दिनमा भारतमा कोरोना संक्रमणको दर दुई गुणाले बढेको छ । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । संक्रमणको मामिलामा भने यिनै दुई देश मात्र भारत भन्दा अघि छन् ।

अहिलेसम्मको संक्रमणको हिसाबले भारत तेस्रो स्थानमा कायम छ । भारतमा कोरोना भाइरसको संक्रमणको तथ्यांकले २० लाख पार गरेको छ ।

आधिकारिक तथ्यांक अनुसार गत २४ घण्टामा भारतमा ५८ हजार नयाँ संक्रमित थपिएका छन् । देशभर कुल संक्रमितको संख्या २० लाख २१ हजार ४०० भन्दा माथि पुगेको छ ।

अहिले पनि अमेरिका पहिलो स्थानमै रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४० हजार बढीको ज्यान गैसकेको छ ।

यसैगरी मर्ने मानिसको तथ्यांकको आधारमा भारत पाचौं स्थानमा रहेको छ ।

विश्वभर हालसम्म १ करोड ९२ लाख ५५ हजार भन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । जसमध्ये, ७ लाख १७ हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

१ करोड २३ लाख ५७ हजार मानिस कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६१ लाख माथि रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ३५ बजे

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।