७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कोरोना महामारीको संक्रमण दरमा भारतको छलाङ; अमेरिका र ब्राजिललाई पछि पार्दै भारत पहिलो स्थानमा



कोरोना भाइरसको विश्वव्यापी महामारी कायमै छ । छिमेकी भारतमा कोरोनाको संक्रमण दर अत्याधिक बढिरहेको छ ।

पछिल्लो २० दिनमा भारतमा कोरोना संक्रमणको दर दुई गुणाले बढेको छ । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । संक्रमणको मामिलामा भने यिनै दुई देश मात्र भारत भन्दा अघि छन् ।

अहिलेसम्मको संक्रमणको हिसाबले भारत तेस्रो स्थानमा कायम छ । भारतमा कोरोना भाइरसको संक्रमणको तथ्यांकले २० लाख पार गरेको छ ।

आधिकारिक तथ्यांक अनुसार गत २४ घण्टामा भारतमा ५८ हजार नयाँ संक्रमित थपिएका छन् । देशभर कुल संक्रमितको संख्या २० लाख २१ हजार ४०० भन्दा माथि पुगेको छ ।

अहिले पनि अमेरिका पहिलो स्थानमै रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४० हजार बढीको ज्यान गैसकेको छ ।

यसैगरी मर्ने मानिसको तथ्यांकको आधारमा भारत पाचौं स्थानमा रहेको छ ।

विश्वभर हालसम्म १ करोड ९२ लाख ५५ हजार भन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । जसमध्ये, ७ लाख १७ हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

१ करोड २३ लाख ५७ हजार मानिस कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६१ लाख माथि रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ३५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल