७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रवक्ता नारायणकाजीमाथि खनिए प्रधानमन्त्रीका सल्लाहकार रिमाल, दिए लाज जोगाउने चुनौती



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको गुट विवादको उत्कर्ष प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार र पार्टीका प्रवक्ताबीचको दोहोरीमा पुगेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटु आक्रोश पोखेका छन् ।

नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत कडा आक्रोश पोख्दै पार्टीमा बढेको विवादको आगोमा थप उत्तोलक नबन्न श्रेष्ठलाई आग्रह गरेको छन् ।

उनले मुलुक संवेदनशील मोडमा रहेको बताउँदै पार्टी एकताविरूद्ध कुनै पनि गतिविधि कतैबाट हुन नहुने जिकिर गरेका छन् । रिमालले श्रेष्ठलाई लाज जोगाउन पनि चुनौती दिएका छन् ।

इनफ इज इनफ लेख्दै रिमालले श्रेष्ठलाई मेन्सन गरेका छन्, …कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!

पछिल्लो समय प्रवक्ता श्रेष्ठ पार्टीको प्रवक्ता भन्दा पनि एउटा गुटको प्रवक्ता भएको ओली पक्षीय नेताहरुले आरोप लगाउँदै आएका छन् ।

पार्टीभित्र दुई अध्यक्ष एवं शिर्ष नेतृत्वबीच शक्ति संघर्ष चर्किरहेका बेला श्रेष्ठ प्रचण्ड–नेपाल पक्षमा खुलेर लागेका छन् ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा अब गुटपक्षीय नेताहरुबीच एकअर्कालाई सार्वजनिक रुपमा खुइल्याउने प्रवत्ति मौलाउँदै गएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई