५ पुस २०८२, शनिबार | December 20, 2025

प्रवक्ता नारायणकाजीमाथि खनिए प्रधानमन्त्रीका सल्लाहकार रिमाल, दिए लाज जोगाउने चुनौती



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको गुट विवादको उत्कर्ष प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार र पार्टीका प्रवक्ताबीचको दोहोरीमा पुगेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटु आक्रोश पोखेका छन् ।

नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत कडा आक्रोश पोख्दै पार्टीमा बढेको विवादको आगोमा थप उत्तोलक नबन्न श्रेष्ठलाई आग्रह गरेको छन् ।

उनले मुलुक संवेदनशील मोडमा रहेको बताउँदै पार्टी एकताविरूद्ध कुनै पनि गतिविधि कतैबाट हुन नहुने जिकिर गरेका छन् । रिमालले श्रेष्ठलाई लाज जोगाउन पनि चुनौती दिएका छन् ।

इनफ इज इनफ लेख्दै रिमालले श्रेष्ठलाई मेन्सन गरेका छन्, …कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!

पछिल्लो समय प्रवक्ता श्रेष्ठ पार्टीको प्रवक्ता भन्दा पनि एउटा गुटको प्रवक्ता भएको ओली पक्षीय नेताहरुले आरोप लगाउँदै आएका छन् ।

पार्टीभित्र दुई अध्यक्ष एवं शिर्ष नेतृत्वबीच शक्ति संघर्ष चर्किरहेका बेला श्रेष्ठ प्रचण्ड–नेपाल पक्षमा खुलेर लागेका छन् ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा अब गुटपक्षीय नेताहरुबीच एकअर्कालाई सार्वजनिक रुपमा खुइल्याउने प्रवत्ति मौलाउँदै गएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : ३६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य