२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

उपत्यकामा सञ्चालित सार्वजनिक यातायात कोरोना मापदण्ड विपरित



काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरूले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ ।

लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर, अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको हो ।

यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन् । भएकाहरुमा पनि सानो बट्टा रहेको पाइएको छ । यसबाट सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पुष्टि भएको हो । अनुगमनमा रहेका विभागका सवारी अनुगमन शाखाका नायब सुब्बा केशबराज जमरकट्टेलले अधिकांश सवारी साधनले सेनिटाइजरको प्रयोग नगरेको पाइएको बताए ।

मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको बताए । उनले अनुगमनका क्रममा सेनिटाइजर नै नराख्ने तीनवटा सवारी साधनलाई कारबाही गरिएको बताए । सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिंदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । विभागले गरेको चेकजाँचको क्रममा यातायातका चालक र सहचालकले सानो सेनिटाइजरको बट्टा देखाएर उम्किने प्रयास गरेका थिए ।

कतिपय सवारी साधनले सिट क्षमता भन्दा पनि बढी यात्रु राखेको पाइएको छ । त्यस्तै यात्रुले मास्कको प्रयोग नगरेको समेत पाइएको छ । विभागले भने सेनिटाइजर नराख्ने सवारी साधनलाई समान्य चिट काटेर कारबाही गरेको छ । सानो बट्टा राख्नेलाई सम्झाएर पठाइएको जमरकट्टेलले बताए ।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गत असार २६ गतेदेखि उपत्यका भित्र छोटो दुरीको सवारी साधन सञ्चालन गर्न दिएको थियो । यातायात सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालक सहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी साधनलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ४७ बजे

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदबाट हटाइएका छन् ।

माइतीघरमा भूमिहीन सुकुम्बासीको प्रदर्शन

काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जबरजस्ती उठीबास र