१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

खरिद बिक्रि खाता प्रमाणिकरणको म्याद पुस मसान्त सम्म थपियो



काठमाडौं। आन्तरिक राजश्व बिभागले व्यवसायीहरुको खरिद बिक्रि खाता प्रमाणिकरणको म्याद थप गरेको छ । कोघिड १९ का कारण सजिलै राजश्व कार्यालय पुग्न असहज अवस्था रहेको र छोटो समयावधीका कारण अत्याधिक भिड भएको भन्दै व्यवसायीको आग्रहपछि बिभागले खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपेको हो। आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म म्याद थप गरेको छ ।

खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म मात्रै तोक्दा राजस्व कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्ने गरेको थियो भने कतिपय जिल्लाहरुमा निषेधाज्ञा, बन्दाबन्दी जस्ता घोषणाले ब्यवसायीहरुलाई कार्यालय सम्म पुग्न समेत असहज अवस्था रहेको थियो ।

खरिद बिक्री खाता प्रमाणिकरणको लागि व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरेपनि विभागले पुससम्म म्याद थप गरेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६(३०)बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।

यसअघि विभागले  मासिक कर विवरण पेश गर्ने करदातालाई श्रावण महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कार्तिक महिना भित्र खाता प्रमाणित गराउनु पर्ने गरी परिपत्र गरेको थियो।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : २८ बजे

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद

कृष्णबहादुर महरासँग १ लाख धरौटी माग

काठमाडौँ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी

रास्वपा सभापति लामिछाने भारत पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने