१९ आश्विन २०८३, सोमबार | October 5, 2026

कोरोनाको कारण निजी सवारीप्रति आकर्षण बढ्दै



काठमाडौं । ललितपुरको हरिसिद्धि बस्दै आएका रमेश न्यौपानेले गत साता मोटरसाइकल किने ।

सातदोबाटोमा कस्मेटिक्स पसल रहेका उनि पहिले दैनिक सार्वजनिक यातायातमा आउने जाने गर्दथ्ये । अहिले कोरोनाका त्रासका कारण आफ्नै साधनमा हिँड्ने उनको सोच छ । सामान्य अवस्थाभन्दा पनि विपद्का समयमा आफ्नो सवारीसाधन नहुँदा समस्या हुने उनको अनुभव छ । उनले भने, ‘समस्या भएकैले अहिले नै किनेर सिक्दै छु ।’

कोभिड–१९ त्रासका कारण सरकारले गरेको बन्दाबन्दीमा उनि घरमै बस्दै र र मोटरसाइकल सिके । सरकारले असार १ देखि निजी सवारीसाधन खुलाए पनि त्यतिबेला आफूसँग सवारीसाधन नभएकै कारण उनि पसल खोल्न नसकेको गुनासो गरे । त्यसपछि कति दिन हिँडेरै गएको उनले बताए । दैनिक पाँच किमी हिँडेर जाने र आउने गर्दा गाह्रो भएको उनले बताए ।

अहिले उनि सार्वजनिक बसबाटै आवतजावत गर्दछन् । अहिले एकातिर सार्वजनिक सवारीसाधन कम चलेका छन् भने अर्कातिर सङ्क्रमणको जोखिम रहेको उनको भनाइ छ । उनले भने, ‘बिहान साँझमा त अझै बसमा पनि भीडभाड हुने गर्छ ।’ विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात कहिले बन्द त कहिले जोर÷बिजोरमा सञ्चालन गर्दा निजी सवारीसाधनप्रति नागरिकको आकर्षण बढिरहेको छ ।

अहिले सार्वजनिक सवारीसाधन कम सङ्ख्यामा चलेको र कतिपयमा सुरक्षाका उपाय अवलम्बन नगरेकाले पनि यात्रु निजीसवारीप्रति आकर्षित भएका हुन । कतिपय व्यक्ति नयाँ नै किन्ने त कतिपय व्यक्ति रिकन्डिसनमार्फत पूरानो मोटरसाइकल र स्कुटर किनिरहेका छन् । कतिपय बिक्रेताले किस्ताबन्दीमा नयाँ अफरसहित ग्राहकलाई आकर्षित गरेको पाइन्छ ।

यातायात व्यवस्था कार्यालयका अनुसार साउन १ देखि बिहीबारसम्म तीन हजार ६४१ दुई पाङ्ग्रे सवारीसाधन बिक्री भएको छ । असार महिनामा छ हजार ५६६ बिक्री भएको थियो । लामो समयसम्म बन्दाबन्दी भए पनि मोटरसाइकल र स्कुटरको खरिद बिक्री गत वर्षभन्दा कम नभएको कार्यालयका प्रमुख दीपककुमार पोखरेलले बताए । उनका अनुसार कार्यालयमा नयाँ खरिद मात्रै नभएर नामसारीका लागि पनि धेरै सेवाग्राही आउने गरेका छन् । ‘सेकेण्ड ह्यान्ड’ व्यक्ति–व्यक्तिको किनबेच भइरहेको छ । उनले भने, ‘असारमा कार्यालय खुलेदेखि नै सेवाग्राहीको भीड छ ।’

सेवाग्राहीको एकै पटक भीडभाड हुने भएकाले कार्यालयले भीड कम गर्न जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधनको दर्ता गरिरहेको छ । उपत्यकाका अरु यातायात कार्यालयले टोकनमार्फत सीमित व्यक्ति मात्रै कार्यालयमा उपस्थित हुने वातावरण बनाएका छन् । सरकारले कार्यालय खुलाउने निर्णय गरेपछि उपत्यकामा रहेका सबै यातायात कार्यालयले सेवाग्राही भीड कम गरेर सेवा सञ्चालनको निर्णय गरेका थिए । यो कार्यालयले अहिले नयाँ दर्ता र नामसारी दुवैका लागि जोर÷बिजोर लागू गरेको छ । उनले भने, ‘नयाँ दर्ता तोकिएका दिनमा गरेर नामसारी जुन दिन आउँदा पनि सकेसम्म फर्काइएको छैन ।’

तीन महिनाभन्दा बढी समयसम्म बन्दाबन्दी हुँदासमेत गत वर्षभन्दा छ हजार कम मात्रै दुईपाङ्ग्रे सवारीसाधन दर्ता भएका छन् । गत आवमा ७३ हजार ३३१ सवारीसाधन दर्ता भएका थिए । आव २०७५÷७६ मा ७९ हजार ३०० र आव २०७४÷७५ मा एक लाख पाँच हजार ८६३ सवारीसाधन दर्ता भएका थिए ।

नयाँ खरिद र नामसारी बढिरहँदा कार्यालयमा जम्मा हुने राजस्व गत वर्षभन्दा बढी हुने देखिएको छ । गत बर्ष साउनमा रु ११ करोड २८ लाख छ हजार १३१ राजस्व सङ्कलन भएको थियो । बिहीबारसम्ममा रु १२ करोड ७५ लाख १२ हजार ४६६ सङ्कलन भइसकेको छ ।

गत वर्ष असारमा रु १२ करोड ९९ लाख ८७ हजार ९६३ राजस्व सङ्कलन भएको थियो भने यो असारमा रु छ करोड ७४ लाख २१ हजार ३३८ सङ्कलन भएको थियो । रासस

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ०९ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा