१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रसुति कक्षमा भर्ना भएकी गर्भवतीलाई कोरोना पुष्टि, भेरी अस्पतालको प्रसुति कक्ष सिल



नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा शल्यक्रियाको तयारी गरिएकी गर्भवती महिलामा कोरोना पुष्टि भएपछि अस्पतालको प्रसुति कक्ष सिल गरिएको छ । महिना पुगेर डेलिभरीको लागि अस्पतालको प्रसुति कक्षमा भर्ना भएकी गर्भवति महिलामा कोरोना संक्रमण पुष्टि भए पछि प्रसुति वार्ड सिल गरिएको हो ।

रुकुम चौरझारीकी ती महिला बुधवार भर्ना भएकी थिईन् । उनको महिना पुगिसकेकाले विहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो ।तर, शल्यक्रियाको तयारी भइरहेका बेला उनलाई एक्कासी ज्वरो आएपछि कोरोना परीक्षणका लागि स्वाव लिईएको थियो । शनिवार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितलाई नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लैजाने तयारी भइरहेको भेरी अस्पतालले जनाएको छ । शिक्षण अस्पताल कोहलपुरलाई सरकारले कोभिड ३ लेभलको अस्पतालको मान्यता दिएकाले उनलाई त्यस तर्फ लैजान थालिएको बताईएको छ ।

जटिल खालका कोरोना संक्रमित विरामीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार हुने गरेको छ । यसअघि नै अस्पतालले कोरोना संक्रमित तीन जनाको सफल शल्यक्रिया गरिसकेको छ ।

भेरी अस्पतालले सिल गरिएको प्रसुति वार्डलाई सेनेटाईज गरेपछि मात्र सञ्चालनमा ल्याउने जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ५१ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक