२६ आश्विन २०८३, सोमबार | October 12, 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु



पोखरा । लामो समयदेखि कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु नदेखिएको गण्डकी प्रदेशमा पुनः एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको गए राति मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

ती पुरुषलाई गत साउन १७ गते अस्पताल भर्ना गरी उपचार सुरु गरिएको थियो । तर, स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि आईसीयूमा राखेर उपचार हुँदै आएको थियो । उनी मधुमेहका बिरामी रहेका थिए ।

यसअघि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यससँगै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : १७ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई