५ पुस २०८२, शनिबार | December 20, 2025

जनकपुरधाम उपमहानगरमा एक साताका लागि निषेधाज्ञा थप



जनकपुर । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थालाई दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेसम्म भएकामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जोखिमलाई न्यूनीकरण गर्न निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।

सुरक्षा समितिको निर्णयअनुसार पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर–ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो, दक्षिणमा बनौली मोड, बसहिया सडकको सोनामति मन्दिर र प्रदेशसभा जाने मोडसम्म साउन ३२ गतेराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सो अवधिमा अत्यावश्यक सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले बिहान ८ बजेदेखि १२ बजेसम्म निजी क्षेत्रको र दिउँसो २ बजेदेखि ५ बजेसम्म सरकारी क्षेत्रको कारोवार मात्र गर्ने एवं सामाजिक सुरक्षाभत्तासम्बन्धी कार्य शुक्रबार एक दिन मात्र गर्ने निर्णय गरिएको बताए ।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रवाह स्थानीय तहलाई आलोपालो गरी सेवा प्रदान गर्न सम्बन्धित कार्यालयले व्यवस्थापन गरी सोको जानकारी सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ ।

सो अवधिका शान्तिसुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, औषधि, दूध, खाद्य वस्तु, विद्युत्, दमकल, इन्धन, सरसफाइ, सञ्चार, भन्सार, क्वारेन्टिनजस्ता अत्यावश्यक सेवाबाहेक सम्पूर्ण पसल, उद्योग बन्द रहने जनाइएको छ । रासस

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : २९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता