७ आश्विन २०८३, बुधबार | September 23, 2026

बेइजिङका आलोचक हङकङका मिडिया टाइकुन जिमी लाइ दुई छोरासहित पक्राउ, देशद्रोहको आरोप



हङकङका मिडिया टाइकुन जिमी लाइ पक्राउ परेका छन् ।

बेइजिङको कुट आलोचक रहेका जिमी लाइलाई हङकङ प्रहरीले सोमबार बिहानै उनकै निवासबाट पक्राउ गरेको छ ।

ट्याब्लोइड पत्रिका एप्पल डेल्लीका प्रमुख रहेका जिमीसँगै उनका दुई छोरा र पत्रिकाका दुई वरिष्ठ अधिकारीसमेत गिरफ्तारीमा परेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

जिमीका एक छोराले राष्ट्रिय सुरक्षामाथि खतरा निम्त्याउन विदेशी एवं बाहिरी शक्तिसँग षड्यन्त्र गरेको अभियोगमा लगाइएको छ र अर्का छोरालाई ठगी गरेको अभियोग लगाइएको स्रोतलाई उदृध गर्दै साउथ चाइना मर्निङ पोष्टले लेखेको छ ।

नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत जिमीलाई पक्राउ गरेसँगै हङकङ प्रहरीले एप्पल डेल्लीको कार्यालयमा समेत छापा मारेको छ ।

मिडिया टाइकुन जिमीले गतवर्ष भएको सरकार विरोधी हिंसात्मक प्रदर्शनमा मुख्य भूमिका खेलका थिए । यसँगै उनले हङकङमाथि हस्तक्षेप गर्न अमेरिकालाई समेत आग्रह गरेको हङकङका अधिकारीहरुले आरोप लगाएका छन् ।

जिमीमाथि विदेशीसँग मिलेर मुलुकलाई धोखा दिएको, देशद्रोहको षड्यन्त्र गरेको आरोप लगारेको गरेको आरोप लागेको अर्को सूत्रलाई उदृध पोष्टले उल्लेख गरेको छ ।

एप्पल डेल्लीको कार्यालयमा छापा मार्न करिब २०० प्रहरी परिचालन गरिएको थियो । तर, सम्पादकीय विभाग र डेल्लीका कुनै पनि सम्वाददाताहरुमाथि भने हस्तक्षेप गरिएको छैन ।

गिरफ्तार भएका अन्य व्यक्तिहरुमा डेल्लीका सीईओ चेउङ किमहङ, वित्तीय अधिकारी चाउ टाटशुएन रहेका छन् । चाउलाई पनि देशविरुद्ध विदेशीसँग मिलेमतो गरेको अभियोग लगाइएको छ ।

हङकङमा गतवर्ष चीनमा सुपर्दगी कानुनको विरोधमा हिंसात्मक प्रदर्शन भएको थियो । सो प्रदर्शनलाई अमेरिका लगायतका पश्चिमा देशहरुले प्रत्यक्ष सहयोग गरेका थिए ।

अमेरिकाले प्रदर्शनकारीलाई सबैप्रकारको सहयोग गरेको भन्दै चीनले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो ।

गत मेमा बसेको चिनिया पिपुल्स जनकंग्रेसले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गर्ने निर्णय गरेको थयो । सो कानुन जुलाई १ देखि लागु भैसकेको छ । त्यसँगै मुख्यभूमि चीन विरुद्धका भैरहेका गतिविधिमाथि कडाई हुँदै आएको छ ।

राष्ट्रिय सुरक्षा कानुन लगाएसँगै अमेरिकाले हङकङलाई दिँदै आएको विशेष सुविधा खारेज गरेको छ भने हङकङका कैयौं अधिकारीहरुमाथि अमेरिकामा प्रतिबन्ध लगाएको छ । हङकङकै विषयलाई लिएर चीन र अमेरिकाबीच तनाबपूर्ण अवस्था निम्तिएको छ ।

चीनले आफ्नो मुलुकमाथि हुने कुनै पनि विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दै त्यसलाई रोक्न जस्तोसुकै उपाय अपनाईने प्रष्ट पार्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई