७ आश्विन २०८३, बुधबार | September 23, 2026

हङकङमा कडा सुरक्षा कानुन पारित, सरकार विरुद्ध विद्रोह गरे आजीवन काराबास



हङकङ । हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून पारित भएको छ । हङकङले कडा सुरक्षा कानून पारित गरेसँगै नागरिकको स्वतन्त्रता हनन हुने बारेमा उतिकै चिन्ता व्यक्त गरिएको छ ।

अधिकारीहरूले स्थायित्वका लागि सो कानुन आवश्यक रहेको बताए पनि आलोचकहरूले भने सो कानुनले नागरिक स्वतन्त्रतालाई थप खलल पार्ने डर रहेको जनाएका छन ।

हालै पारित गरिएको धारा २३ सबन्धि कानुनले  बाह्य हस्तक्षेप र विद्रोह जस्ता नयाँ अपराधहरूलाई लक्षित गरेको छ र पुष्टी भएमा दण्ड स्वरूप आजीवन कारावासको सजाय दिने बिषय समावेश गरिएको छ।

यो दुई हप्ता भन्दा कम समयमा बेइजिङ समर्थक संसदले अन्तिम चरणमा छिटो पारित गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएका छन ।

धारा २३ ले विवादास्पद राष्ट्रिय सुरक्षा कानूनलाई पहिले चीनले लागु गरेको थियो । त्यो कानून अनुसार पहिले नै हङकङमा पृथकता, विध्वंस, आतंकवाद र विदेशी सेनासँग मिलेमतोलाई अपराधीकरण गरिसकेको छ ।

तर हङकङका नेता जोन लीले भनेका छन् कि धारा २३ सम्भावित तोडफोड र समस्याहरू सिर्जना गर्न खोज्ने अन्डरकरेन्टहरू बाट जोगाउन पनि आवश्यक छ । ‘विशेष गरी स्वतन्त्र हङकङको विचार राख्नेहरूलाइ यसले नियन्त्रण र दण्डित गर्नेछ’ उनल भने । उनका अनुसार हङकङका जनताले यो कानुनका लागि २६ वर्षदेखि पर्खिरहेका थिए, जुन पारित भए पछि ऐतिहासिक क्षणको रूपमा लिइनेछ ।

चीनका उप प्रधानमन्त्री डिङ जुएजियाङले यसअघि नयाँ कानूनको द्रुत कार्यान्वयनले मूल राष्ट्रिय हितको रक्षा गर्ने र हङकङलाई आर्थिक विकासमा ध्यान केन्द्रित गर्न सहज हुने बताएका थिए ।

सरकारविरुद्ध असहमति जनाउनेहरूका विरुद्धमा यो कानुन ल्याइए पछि नयाँ बहस सुरू भएको छ । तर, यो कानूनको झन दुरुपयोग गरी अधिकार हनन पनि हुनसक्ने विज्ञहरूले बताएका छन । जस्तो कि २०२१ मा एक व्यक्तिले हङकङको स्वतन्त्रताको नारा लगाएका थिए, सोका लागि मोटरसाइकलमा झण्डा फहराएको, आतंकवाद र पृथकतावादको आरोपमा दोषी ठहर गरिएको थियो। त्यसपछि उनलाई करिब ९ वर्षको कठोर सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ८ : ०३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११