१३ असार २०८३, शनिबार | June 28, 2026

निषेधाज्ञा उल्लंघन गर्दै वीरगन्जमा नेवि संघको प्रदर्शन



वीरगन्ज । जनताको स्वास्थ्यमा लापरवाही गरेको आरोप लगाउँदै नेपाली काँग्रेसको भातृ संगठन नेवि संघले वीरगन्जमा प्रदर्शन गरेको छ ।

कारोना महामारीको हट स्पट बनेको वीरगन्जमा नेवि संघका कार्यकर्ताहरुले निषेधाज्ञाकै बीचमा जिल्ला प्रशासन कार्यालय अगाडि समुह बनाएर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । नेवि संघका दुई कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितबरबितर पार्न लाठीचार्ज गरेको थियो ।

आम सर्वसाधारणले उपचार सेवा नभएर अकालमै मर्नुपरेको भन्दै नेवि संघले जनस्वास्थ्यमा लापरवाही गर्नेहरुलाई कारवाहीको माग गरेको छ ।

अस्पतालहरुले भर्ना लिन नमानेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिनुपर्ने, दोषी अस्पताललाई कडा कारवाही गर्नुपर्ने नेवि संघको माग रहेको छ ।

कोरोनाको भयावह अवस्थालाई सामान्य बनाउन चिकित्सक स्वास्थ्यकर्मीहरुलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग पनि प्रदर्शनका क्रममा गरिएको छ ।

तर, यसरी समुह बनाएर प्रदर्शनमा उत्रिँदा कोरोना महामारी फैलिन डर झन बढ्न सक्ने भन्दै प्रशासनको चिन्ता रहेको छ ।
वीरगन्जमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । संक्रमितहरु बढ्दै गर्दा नारायणी अस्पतालका चिकित्सकहरुले अन्य रोगका बिरामीलाई उपचार दिन नक्ने बताएका छन् ।

कोरोना भाइरसकै कारण अहिलेसम्म पर्सामा १८ जनाको ज्यान गैसकेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : ४४ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट