१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरोना सन्त्रासका कारण संसदीय समितिका बैठक प्रभावित



काठमाडौं । उपत्यका लगायत देशभरी नै कोरोनाको जोखिम बढेसँगै संघीय संसदका समितिहरुको बैठक प्रभावित भएको छ ।

कोरोनाका कारण संघीय संसदका समितिहरुको बैठक प्रभावित हुँदा महत्वपूर्ण विधेयकहरु समितिमै अड्किएका छन् । निरन्तर रुपमा बैठक सञ्चालन हुन नसक्दा राज्य संचालनका लागि आवश्यक नीति नियम निर्माणका काम प्रभावित भएका छन् ।

महामारीको समयमा राहत वितरण तथा उद्धारका काम प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बनाउन निर्देशन दिने निकायको रुपमा रहेका समितिहरुको बैठक प्रभावित हुँदा समस्या देखिएको छ ।

राष्ट्रियसभामा १० र प्रतिनिधिसभामा १० गरी दुबै सदनका समितिमा २० वटा विधेयक विचाराधिन रहेका छन् । सरकारको कार्य सञ्चालनमा महत्वपूर्ण र आवश्यक विधेयकहरु समिति र दुबै सदनमा विचाराधिन रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जनाए ।

कोरोना संक्रमण जोखिमको कारण अहिले संसदीय समितिहरुको बैठक नियमित सञ्चालन हुन सकेको छैन । कोरोना संक्रमणको जोखिमका कारण बैठकहरु सुचारु गर्न समस्या भएको धमलाले बताए ।

समितिमा अध्यागमन विधेयक, अनुगमन तथा मूल्याङ्कन विधेयक विचाराधिन अवस्थामा रहेका छन् । अनुगमन तथा मूल्याङ्कन विधेयक विचाराधिन रहँदा विकास निर्माणका काम कारवाहीलाई कसरी मूल्याङ्कन गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने कुराहरु प्रभावित भएका छन् ।

यस्तै, तथ्याङ्क विधेयक पनि समितिमै विचाराधिन रहेको छ । आगामी वर्ष (२०७८) मा सुरु हुने राष्ट्रिय जनगणनामा तथ्याङ्क कसरी संलकन गर्ने, कसरी व्यवस्थित गर्ने लगायतका प्रावधान विधेयकमा रहेका छन । विधेयक विचाराधिन हुँदा ती कामहरु गर्न बाधा पुग्न सक्ने उनले बताए ।

नागरिक उड्डयन प्राधिकरण, नेपाल हवाई सेवा विधेयक, विमा सम्बन्धी विधेयक, बैक तथा विय संस्था सम्बन्धि विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धि र धितोपत्र ऐन सम्बन्धि लगायतका विधेयक समितिमा अड्किँदा सरकारका काम कारवाही प्रभावकारी ढंगले अगाडी बढाउन समस्या उत्पन्न हुने उनले बताए ।

राष्ट्रियसभा र प्रतिनिधिसभामा भ्रष्टाचार र अख्तियार दुरुपयोग सम्बन्धि विधेयक, नागरिकता विधेयक, निजामति सेवा विधेयक लगायत महत्वपूर्ण विधेयकहरु विचाराधिन रहेका छन । निजामति विधेयक पारित हुँदा प्रदेश निजामति सेवा बन्न सकेको छैन भने स्थानीय तहमा कर्मचारी भर्नाका काम पनि प्रभावित भएको उनले बताए ।

कोरोनाका कारण तत्काल संसदको अधिवेशन सुरु गर्न सक्ने अवस्था छैन । कोरोना संक्रमणको जोखिमका कारण संसदीय काम कारवाहीमा समेत असर परेको छ ।

संघीय संसद सुरु भएपछि १ सय २२ वटा विधेयक दर्ता भएका छन । ६८ वटा विधेयक दुबै सदनबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणिकरण समेत भइसकेका छन । १ विधेयक फिर्ता भएको छ ।

संसदको छैटौँ अधिवेशनको अन्त्यसम्म समितिमा २० र दुबै सदनमा १९ वटा विधेयक विचाराधिन रहेका छन ।

प्रतिनिधिसभामा १५ र राष्ट्रियसभामा ३ वटा विधेयक विचाराधिन रहेका छन भने, एउटा विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पठाएको भएपनि पेश हुन बाँकी रहेको छ ।

१३ वटा विधेयक दर्ता भएपनि प्रकृयामा जाँन बाँकी रहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : ५९ बजे

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ