१३ असार २०८३, शनिबार | June 28, 2026

यातायात र हवाई उडान भदौ १६ बाट मात्र सुचारू गर्ने सरकारको निर्णय, भारतबाट प्रवेश नाका २० बाट १० मा झारियो



काठमाडौं । सरकारले लामो दुरीको यातायात र हवाई उडान भदौ १६ गते देखिमात्र खुला गर्ने निर्णय गरेको छ ।

मन्तत्रपरिषद्को सोमबार साँझ बसेको बैठकले भदौ १५ गतेसम्म यातायात र अन्तराष्ट्रिय एवं आन्तरिक उडानमा रोक लगाइरहने निर्णय गरेको हो ।

यसअघि गत साउन ५ गते बसेको बैठकले भदौ १ बाट यातायात र उडान सुचारू गर्ने निर्णय गरेको थियो ।

कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार यो निर्णय गरपएको हो ।

कोरोना भाइरसको महामारी झन बढेपछि आइतबार बसेको सीसीएमसी बैठकले यातायात र हवाई उडान सुचारू गर्ने समय पछि सार्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

बैठकले अन्तराष्ट्रिय सीमामा थप कडाई गर्ने पनि निर्णय गरेको छ ।

भारतबाट आउने नेपालीका लागि पहिले तोकिएको प्रवेश बिन्दु २० लाई घटाएर १० मा झारेको छ ।

यसबाहेक अन्यस्थानबाट छिर्नका लागि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।

यसैगरी भारतबाट कामदार ल्याउन पनि रोक लगाइएको छ । सिमा पार गरेर दैनिक किनमेलको काममा समेत रोक लगाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : १० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट