२५ असार २०८३, बिहिबार | July 10, 2026

धनुषामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ३ पुग्यो



जनकपुर । धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थपिएको छ । कोरोना संक्रमणका कारण प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

टिबीबाट सिकिस्त भएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गते अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा स्वाव दिएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो।

सोमबार राति उपचारकै क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

सोमबार राती मृत्यु भएका पुरुषुँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

गत आइतबार जनकपुरको विनय तारा फाउण्डेशन आस्पतालमा मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिकाका अस्पतालका सुरक्षागार्डको पीसीआर रिपोर्टमा सोमबार कोरोना पुष्टि भएको थियो ।

दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका एकजना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ३८ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट