५ पुस २०८२, शनिबार | December 20, 2025

पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव बढ्यो : अमृत बोहरा



सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् ।

नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गरे ।

बोहराले पार्टीको हरेक नेता/कार्यकर्ता बैठकबाट भाग्न नहुने जिकिर गरे ।

कार्यक्रममा सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकामा आश्चर्य प्रकट गरे ।

तामाङले जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता/कार्यकर्ता आफैँ समाप्त हुनेसमेत बताए ।

बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्ना विचार राखेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ९ : २५ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने