२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नुवाकोटमा आजदेखि निषेधाज्ञा क्षेत्र बढ्यो, सेना परिचालन



नुवाकोट । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको संक्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको संक्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि ८ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा ८ दिनका लागि निषेधाज्ञा लगाइएको हो ।

नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा सोमबार वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित ४ जनामा कोरोना रोगको संक्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेअनुसार आजदेखि प्रशासन कार्यालयले निषेधाज्ञा लगाइएको हो ।

हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । जिल्लाको विदुर नगरपालिका–८ र दुप्चेश्वर गाउँपालिका–६ मा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएसँगै निषेधाज्ञा लगाउन थालिएको हो ।

नुवाकोटमा यही २५ गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा कायम गरिएको थियो । आजदेखि थप भएको निषेधाज्ञाको पालना कडाइका रूपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ ।

संकट व्यवस्थापन केन्द्रको सोमबार साँझ बसेको बैठकले निषेधाज्ञा प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालन गर्न सिफारिस गरेअनुसार जिल्ला सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ३ : ०८ बजे

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम, काठमाडौंमा २५ डिग्री पुग्दा नेपालगन्जमा ३२

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८