१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

लगानी बोर्डका सीईओ भट्टलाई काम गर्न नदिन पाटन उच्च अदालतको अल्पकालिन आदेश



काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील भट्टलाई काम गर्न पाटन उच्च अदालतले रोक लगाएको छ ।

बोर्डका सीईओ भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

मुख्यन्यायाधीस नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न मंगलबार आदेश जारी गरेको उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले बताए ।

अदालतले सीईओको हैसियतमा बोर्डको कामकाज नगर्न भट्टलाई पनि आदेश दिएको छ ।

उच्च अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुवैलाई छलफलका लागि बोलाएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टलाई नियुक्त गर्ने मन्पिरिषद्को निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ५० बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई