१७ आश्विन २०८०, बुधबार | October 4, 2023

नेपाली भूमिमाथि भारतीय अतिक्रमण कायमै, नेपालको थप १२० हेक्टर जमिन भारतमा !



काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेपनि नेपाली भूमिमा भारतीय अतिक्रमण कायमै छ ।

गत जेठमा सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको नयाँ नक्सा जारी गरेपछि अझै नेपाली भूमि भारतीय पक्षको अतिक्रणमा छ । सुस्ता, लिपुलेक, कालापानी मात्रै नभएर तराई अन्य जिल्लामा पनि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कञ्चनपुरमा मात्रै नेपालको १ सय २० हेक्टर प्रमाण पूर्जा सहितको जमिन भारततर्फ रहेको जानकारी गराएका छन् ।

कञ्चनपुर जिल्ला विकास समितिबाट २०५८ सालसम्म विकास निर्माणका लागि बजेट विनियोजन भएको प्याराताल क्षेत्रमा भारतीय पक्षले अहिले दावी गरिरहेको छ ।

स्ट्रिप नक्शामा गडवडी

‘स्ट्रिप नक्सा’को आधारमा भारतले हुलाकी राजमार्ग निर्माण र स्थानीय जनताले खेती गरिरहेको जमिनमा समेत अवरोध पु-याइरहेको अन्तर्राष्ट्रिय सीमा सरोकार समितिका संयोजक पल्लवराज भट्टले बताए ।

भारतीय पक्षलाई मात्रै फाइदा पुग्ने गरी बनाइएको ‘स्ट्रिप नक्सा’का आधारमा नेपाल सरकारले निर्माण गरिरहेका नहर, विद्यालय र अन्य संरचना निर्माणमा समेत भारतले अवरोध पु-याइरहेको उनले बताए ।

भारतले एकतर्फी रुपमा बनाएर कार्यान्वयन गर्न खोजेको ‘स्ट्रिप नक्सा’ कञ्चपुरबासीलाई मान्य नभएको उल्लेख गर्दै उनले तथ्य, प्रमाण र जग्गाधनी पुर्जाका आधारमा स्थानीयको समेत सहभागिता हुनेगरी ‘स्ट्रिप नक्सा’ पुनरावलोकन गर्न माग गरे ।

नेपालीले भोगचलन गर्दै आएको जमिन निस्सालाई बेवास्ता गर्दै भूमि भारततर्फ पर्ने गरी कसरी नक्शा तयार भयो, यसमा संलग्न पक्ष को हुन भन्ने विषयमा तत्काल छानबिन गरी कारवाही गर्न पनि भट्टले माग गरे ।

उनले ‘स्ट्रिप नक्सा’लाई पुनरावलोकन गर्दा सुगौली सन्धिपश्चात स्थापना गरिएका आधार सीमा स्तम्भलाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको मूख्य आधार बनाएर नियतवस सारिएका, गायव गरिएका र भत्काइएका सीमा स्तम्भहरुलाई तथ्यका आधारमा पुरानै ठाउँको खोजी गरी पुनस्र्थापना गर्न पनि माग गरे

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सन् १८६० मा तयार भएको बेस म्यापका आधारमा नदीको बहाव क्षेत्र पहिचान गरी २०४५ मा तयार भएको नक्साका कारण नै नेपाली जमिन भारततर्फ गएको हुन सक्ने बताइन । नेपालीले भोगचलन गर्दै आएको जमिन भारततर्फ पर्न गएको विषयमा कुटनीतिक पहल गरी समस्या समाधान गरिने मन्त्री अर्यालले विश्वास व्यक्त गरिन् ।

नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले अहिले नेपाली जनताको जग्गाधनी पुर्जा भएको १ सय २० हेक्टर जमिन भारततिर परेको बताए । भारतले एकतर्फि रुपमा बनाएको भनिएको ‘स्ट्रिप नक्सा’ले अन्तिम रुप नपाएको उनले बताए ।

परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले नेपालको जमिन भारततर्फ पार्ने काम जानी जानी हुनु गम्भिर भएको विषय भएकाले यो विषयमा छानबिन गरी कडा कारवाही गरिनुपर्ने धारणा राखे । सीमा समाधान एकपक्षीय ढंगबाट समाधान नहुने उल्लेख गर्दै उहाँले कुटनीतिक र सैद्धान्तिक आधारमा समाधान गर्नुपर्ने बताए ।

द्वन्दकालिन समयमा सुरक्षाको कारण देखाउँदै नेपालको तर्फबाट खटिएको तत्कालित सीमा सर्वे टोलीले भारतीय पक्षको टोलीसँग भारततिरै बसेर मुल सीमा स्तम्भलाई बेवास्ता गर्दै साक्षी स्तम्भ र सहायक स्तम्भलाई मुल स्तम्भ स्वीकार गरी स्ट्रिप नक्सा तयार गरिएको पाइएको छ ।

अहिले कार्यान्वयन गर्न खोजिएको सो नक्साले कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा रहेको ३२ नम्बर पिल्लर देखि ३३ नम्बर पिलर र ३३ देखि ३४ सम्म नेपालले भागचलन गर्दै आएको र लालपुर्जा भएको जग्गा भारतीतर पर्ने गरी सिमांकन गरिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समितिको ठहर छ ।

यस्तै बेलौरी नगरपालिकाको वाड नम्बर ८ मा रहेको साक्षी स्तम्भ नम्बर ३८ मुल स्तम्भ मानेर नक्सा कार्यान्वयन गर्न खोजिएको छ । त्यसो हुादा हुलाकी राजमार्ग समेत भारतमा पर्ने देखिएको छ । अहिले राजमार्ग निर्माणको काम भारतीय सुरक्षाकर्मीले बन्द गराएका छन भने, ३७, ३८ र ३९ नम्बर स्तम्भको सयौँ विगाहा जमिन भारततिर पर्ने देखिएको छ ।

यस्तै बेलौरी १ र पुनर्वास नगरपालिकाको ४ नम्बर वडामा पर्ने २०० नम्बर सीमा स्तम्भ गायव छ । २०१ र १९९ नम्बर पिलरलाई आधारमा मानेर सो पिलर निर्माण गर्नुपर्नेमा २०१ बाट सोझै १९८ नम्बरमा पुग्ने गरी ३ किलोमिटर क्षेत्रको ५० देखि ९ सय मिटर चौर्डाइसम्मको भूमि भारततिर पर्ने गरी नक्सांकन गरिएको छ ।

पुनर्वास ९ मा रहेको प्यारातालभन्दा २ सय मिटर दक्षिणमा ढालिएको अवस्थामा १९५ नम्बर पिलर रहेको छ । विगतमा त्यही पिलरलाई सीमा पिलर मानिदै आएकोमा अहिले भारतले प्याराताल समेत भारतले आफ्नो दावी गर्दै आएको छ ।

सरकारलाई निर्देशन
विज्ञहरुको कुरा सुनिसकेपछि नेपाल भारत संयुक्त सीमा टोली अन्तर्गत नेपाली टोलीले तयार पारेको स्ट्रिप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बैठकले नेपाली टोलीले कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्रका सीमावर्ति जिल्लामा तयार पारेको स्ट्रीप नक्सा र सीमा सम्बन्धमा अध्ययन गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री र अधिकारीहरुसँगको छलफल पछि सो सम्बन्धमा जानकारी गराउन निर्देशन दिएको छ ।

समिति सभापति शशी श्रेष्ठले स्ट्रीप नक्सा र सीमा सम्बन्धी समग्र विषयमा के भएको हो जानकारी गराउन निर्देशन दिइन । श्रेष्ठले सीमा सम्बन्धमा दुई देशबीच क्लोज सेसनमा बस्ने बेलामा कुनै कसुर बाँकी नराख्ने गरी सत्यतथ्यका आधारमा अगाडि बढ्ने रणनीति तयार पार्न र त्यस सम्बन्धी जानकारी समितिलाई गराउनुपर्ने बताइन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवादहरुको समेत स्थायी समाधानका लागि अहिले सम्म भएका पहलकदमीको सम्बन्धमा जानकारी गराउन समेत समितिले निर्देशन दिएको छ ।

यस्तै हराएका सीमा स्तम्भहरु आधुनिक प्रविधिद्धारा पत्ता लगाई तत्काल पुनरस्थापना गर्ने, सीमा स्तम्भको दुरी कमगर्ने र भत्केका सीमा स्तम्भको मर्मत सम्भार गर्ने, सीमा क्षेत्रमा नेपालको तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्थापन गर्ने सम्बन्धमा समितिले अहिले सम्म दिएका निर्देशनहरुलाई प्रभावकारी कार्यन्वयन गर्न समेत निर्देशन दिएको छ ।

यस्तै सीमा क्षेत्रमा नापी भएका जग्गाहरुको लालपुर्जा अहिले सम्म पनि प्राप्त नभएको जनगुनासो आएकाले तत्काल जग्गा धनिलाई लालपुर्जा दिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ०२ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव