७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोहलपुर-जमुनाहा र धम्बोझी-मैनापोखरा क्षेत्रको सडक अतिक्रमण हटाउने निर्णय



नेपालगन्ज । सडक डिभिजन कार्यालय नेपालगन्ज अन्तर्गत पर्ने नेपालगन्जदेखि कोहलपुर र नेपालगन्जको धम्बोझीदेखि बर्दियाको मैनापोखरसम्मको सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा मंगलबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले दुवै सडकमा भएको अतिक्रमण हटाउने निर्णय गरेको हो ।

बैठकले नेपालगन्जको जमुनाहादेखि कोहलपुरसम्म सडक अन्तर्गत सार्वजनिक सडक ऐन २०३१ ले तोकेको मापदण्ड विपरित सडक अतिक्रमण गरी बनाइएका र २०६९ असोज ४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्बाट विल्डर्स एरियाको लागि तोकेको मापदण्ड विपरित रहेका स्थायी र अस्थायी संरचनाहरु हटाउने निर्णय गरेको छ । निर्णयमा धम्बोझीदेखि मैनापोखरसम्मको सडक पनि सडक ऐन अनुसार नै अतिक्रमण हटाउने उल्लेख गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा एमालेका किस्मतकुमार कक्षपति, नेपाली कांग्रेसका कृष्णबहादुर कार्की, माओवादी केन्द्रका आइपी खरेल, राप्रपाका नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे, नेकपा एकीकृत समाजवादीका दीपक जिएमलगायत जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ५० बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा