१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

कोहलपुर-जमुनाहा र धम्बोझी-मैनापोखरा क्षेत्रको सडक अतिक्रमण हटाउने निर्णय



नेपालगन्ज । सडक डिभिजन कार्यालय नेपालगन्ज अन्तर्गत पर्ने नेपालगन्जदेखि कोहलपुर र नेपालगन्जको धम्बोझीदेखि बर्दियाको मैनापोखरसम्मको सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा मंगलबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले दुवै सडकमा भएको अतिक्रमण हटाउने निर्णय गरेको हो ।

बैठकले नेपालगन्जको जमुनाहादेखि कोहलपुरसम्म सडक अन्तर्गत सार्वजनिक सडक ऐन २०३१ ले तोकेको मापदण्ड विपरित सडक अतिक्रमण गरी बनाइएका र २०६९ असोज ४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्बाट विल्डर्स एरियाको लागि तोकेको मापदण्ड विपरित रहेका स्थायी र अस्थायी संरचनाहरु हटाउने निर्णय गरेको छ । निर्णयमा धम्बोझीदेखि मैनापोखरसम्मको सडक पनि सडक ऐन अनुसार नै अतिक्रमण हटाउने उल्लेख गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा एमालेका किस्मतकुमार कक्षपति, नेपाली कांग्रेसका कृष्णबहादुर कार्की, माओवादी केन्द्रका आइपी खरेल, राप्रपाका नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे, नेकपा एकीकृत समाजवादीका दीपक जिएमलगायत जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ५० बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा